+

तनहुँको म्यादेमा तीन करोडको लागतमा सभाहल निर्माण

२१ मंसिर २०८१, शुक्रबार ०२:३४

दमौली । तनहुँको  म्याग्दे गाउँपालिका–३ बेल्टारस्थित ठूलो बगैँचामा गाउँपालिकाको तीन करोड लगानीमा सात सय दर्शक क्षमताको सभाहल निर्माण भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीका अनुसार सभाहल निर्माणका लागि स्थानीय सरस्वती घिमिरेले आधा रोपनी जग्गा निःशुल्क प्रदान गरेका हुन् ।

सभाहलको निर्माण गत असारमा पूरा भएको हो । आज त्यसको औपचारिक उद्घाटन हुँदै छ । अब गाउँपालिकाले कार्यक्रम गर्न अन्यत्र पेक्षालयको व्यवस्था गर्नुपर्ने छैन ।

साथै अन्य सङ्घसंस्थालाई पनि कार्यक्रम गर्न सहज हुनेछ ।