शिव सेना भारतका प्रमुख एवं महाराष्ट्रका पूर्व मुख्यमन्त्री उद्धव बालासाहेव ठाकरे नेपाल आउदै

२७ भाद्र २०८०, बुधबार ०८:०९

काठमाण्डौं । शिव सेना भारतका प्रमुख एवं महाराष्ट्रका पूर्व मुख्यमन्त्री उद्धव बालासाहेव ठाकरे नेपाल आउनु हुने भएको छ । नेपालको आध्यात्मिक तथा धार्मिक भ्रमणका लागि शिवसेना प्रमुख ठाकरे नेपाल आउन लाग्नु भएको हो । प्रमुख ठाकरेले नेपाल भ्रमणका क्रममा आराध्येदेव भगवान पशुपतिनाथको मन्दिर दर्शन गर्ने लगायतका कार्यक्रम रहेको बुझिएको छ ।
शिवसेना भारतका अन्र्तराष्ट्रिय सम्पर्क विभाग प्रमुख अशोक नेपालीको निमन्त्रणामा महाराष्ट्रका पूर्व मुख्यमन्त्री उद्धव बालासाहेव ठाकरे नेपाल आउनु हुने भएको हो । शिव सेनाका अन्र्तराष्ट्रिय विभाग प्रमुख अशोक सिंह नेपाली नेतृत्वको एक प्रतिनिधिमण्डलले प्रमुख ठाकरेलाई उहाँकै निवासमा भेट गरी नेपालको पशुपतिनाथ भ्रमणका लागि निम्तो दिएको हो । नेपाल आएर पशुपतिनाथको दर्शन गर्न आफू आतुर भएको र छिट्टै समय मिलाएर आफू काठमाण्डौं आउने जानकारी प्रमुख ठाकरेले दिनु भएको सम्पर्क विभाग प्रमुख अशोक सिंह नेपालीले जानकारी दिनु भयो ।
शिव सेना भारतको नेपालमा पनि साखा रहेको छ । शिव सेना प्रमुख ठाकरेको नेपाल भ्रमणको तयारी नेपालस्थित शिवसेना नेपालले सुरु गरेको बताईएको छ ।