चरिकोट । राप्रपा दोलखा जिल्ला कार्यसमितिले पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसमा विभिन्न कार्यक्रम आयोजना गरेको छ ।
आफ्नो पार्टी कार्यालय चरिकोटमा जिल्लास्थित सवै कार्यालयका कार्यालय प्रमुख तथा विभिन्न राजनैतिक दलका नेताहरुलाई निमन्त्रणा गरी राप्रपाले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको कार्यवाहक जिल्ला अध्यक्ष विष्णु श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा पार्टीका सहायक प्रवक्ता प्रवीण थोकर ,केन्द्रीय सदस्य जनकराज पाठक लगायतको उपस्थित रहेको थियो । त्यसैगरी राप्रपाले निकट भविष्यमा गर्ने आन्दोलन केन्द्रित प्रशिक्षण कार्यक्रमसमेत गरेको छ । देशभरि राप्रपाले गर्ने प्रशिक्षणमा आन्दोलन किन र केका लागि भन्ने विषयमा प्रशिक्षित गराएको छ ।
आन्दोलन परिचालन समिति सदस्य एवं दोलखाका प्रशिक्षक जनकराज पाठकले सबै गाउपालिकाबाट उपस्थित प्रशिक्षार्थीहरुलाई राप्रपाले गर्ने आन्दोलन किन र केका लागि भन्ने विषयमा प्रशिक्षण दिएको बताए ।
पार्टी जिल्ला सचिव रामबहादुर तामाङले कार्यक्रम संचालन गरेका थिए ।