ब्रसेल्स । अमेरिकी प्रविधि उद्यमी एलन मस्क र युरोपेली सङ्घ (इयू) का पूर्व डिजिटल प्रमुख थियरी ब्रेटनबीचको विवाद थप चर्किएको छ ।
भावी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगीका रूपमा हेरिएका प्राविधिक व्यवसायी लामो समयदेखि डिजिटल स्पेसलाई नियमन गर्ने इयूको नियमहरूको आलोचना गर्दै ब्रसेल्सलाई ‘सेन्सरशिप’ को लागि आरोप लगाउँदै आएका छन् ।
यसै साता मेटाका प्रमुख मार्क जुकरबर्गले पनि उक्त बिषयमा आरोप लगाएका थिए ।
मस्कले हालै महाद्वीपका नेताहरूको बारम्बार अपमान र अर्को महिना हुने चुनावअघि अति दक्षिणपन्थी जर्मन एएफडी पार्टीलाई खुला समर्थन गरेर युरोपलाइ चिढ्याएका थिए ।
ब्रेटनले चुनावमा हस्तक्षेप नहोस् भनेर युरोपले कदम चाल्न सक्ने बताएपछि ब्रेटनविरुद्ध उहाँको पछिल्लो आक्रोश आएको हो ।
फ्रान्सेली प्रसारक बीएफएमटिभी÷आरएमसीसँग ब्रेटनले दिएको अन्तर्वार्ताको एक अंश सेयर गर्दै उनले भनेका छन्, “ईयूसँग एएफडीको सम्भावित चुनावी विजयलाई रद्द गर्ने संयन्त्र छ।”
ब्रेटनले एक्स गरेको पोस्टमा उक्त दाबीलाई खण्डन गरेका थिए । उनले भने, “यूरोपका तानाशाह? वाह! तर एलोन मस्कः इयूमा कुनै पनि चुनाव रद्द गर्न इयूसँग कुनै संयन्त्र छैन। तलको भिडियोमा के भनिएको छ त्यो केवल डीएसए को आवेदन र यसको मोडरेशन दायित्वहरुसँग सम्बन्धित छैन।”
ईयूको ऐतिहासिक डिजिटल सेवा ऐन (डीएसए) ले प्लेटफर्महरूलाई अनलाइन अवैध सामग्रीमा कडाई गर्न माग गरेको छ ।
बिहीबारको अन्तर्वार्तामा ब्रेटनले भने, ‘युरोपले हाम्रो शान्त भई युरोपमा हाम्रा कानुनहरू लागू गर्नुपर्दछ । यदि यसो भएन भने वा लागू गरिएनन् भने हस्तक्षेप हुन सक्छ।”
“हामीले जे रोमानियामा गरेका थियौं र यदि आवश्यक छ भने पक्कै पनि जर्मनीमा पनि हामीले यो गर्नुपर्नेछ,” उनले भने ।
रोमानियाको राष्ट्रपतीय निर्वाचनको परिणामलाई प्रभावित पार्न रुसले टिकटकको प्रयोग गरेको आरोप लागेपछि युरोपेली सङ्घले गत महिना डीएसए अन्तर्गत टिकटकमाथि अनुसन्धान सुरु गरेको थियो ।
युरोपेली नियामकहरूले पनि सन् २०२३ डिसेम्बरदेखि एक्सको अनुसन्धान गरिरहेका छन् । मस्कको ट्रम्पसँगको घनिष्ठ सम्बन्धबीच उनको प्लेटफर्म र यसको संदिग्ध डीएसए उल्लङ्घनलाई कसरी व्यवस्थापन गर्नेछ भन्ने बारेमा इयूले प्रश्न उठाएको छ ।