+

सांसद अरुण चौधरीविरुद्धको रिट खारेज, जोगियो सांसद पद

२ माघ २०८१, बुधबार १३:४६

काठमाडौँ । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण कुमार चौधरीविरुद्धको रिट खारेज गरेको छ ।

बुधबार सर्वोच्चको संवैधानिक इजलासले कैलाली क्षेत्र नम्बर २ का सांसद अरुण चौधरीको योग्यता विवादसम्बन्धी रिट खारेज गरेको हो ।

रिट खारेजसँगै उनको सांसद पद पनि जोगिएको हो । निर्वाचन अधिकृत वा सम्बन्धित अदालतमा जाने वैकल्पिक कानुनी उपचारको मार्ग हुँदाहुँदै सर्वोच्चमा यो विवाद ल्याएको भन्दै संवैधानिक इजलासले रिट खारेज गरिदिएको हो ।

उनले कुनै अपराध मुद्दामा दोषी ठहर भएको विवरण लुकाएर उम्मेदवार भएको भनि वसन्त जोशीले सर्वोच्चमा रिट दायर गरेका थिए । रिटमा उनको सांसद पद खारेजीको माग गरिएको थियो । उनी आगजानी मुद्दामा उच्च अदालतबाट दोषी ठहर भएका थिए ।