+

गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान

११ माघ २०८१, शुक्रबार १२:१९

गण्डकी । गण्डकी प्रदेशसभाको अधिवेशन यही माघ २१ गतेका लागि आह्वान गरिएको छ ।

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम माघ २१ गते दिनको २ बजेदेखि आरम्भ हुनेगरी अधिवेशनको आह्वान गरेका प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता रामेश्वर  अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।