+

बन्धकहरूको रिहाइ स्थगित गर्ने हमासको घोषणा

२९ माघ २०८१, मंगलवार ०२:१९

बीबीसी । हमासले बन्धकहरुको रिहाइ स्थगित गर्ने घोषणा गरेको छ । इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको भन्दै हमासले बन्धक रिहाइ बन्द गर्ने घोषणा गरेको हो ।

हमासले विज्ञप्ति जारी गरी इजरायलले गाजा क्षेत्रका केही स्थानहरुमा गोलाबारी जारी राखेको, विस्थापित प्यालेस्टिनीहरु आफ्नो घर फर्किन ढिलो भइरहेको र मानवीय सहायता पुर्याउन बाधा उत्पन्न गरेको आरोप लगाएको बीबीसीले उल्लेख गरेको छ ।

इजरायल र हमासबीच १९ जनवरी २०२५ देखि युद्धविराम कार्यान्वयनमा आएको थियो । लगत्तै दुवै पक्षबाट बन्धकहरु रिहा गर्ने क्रम चलिरहेको थियो । हमासले बन्धक रिहाइ रोक्ने घोषणा गरेको विषय इजरायलको तर्फबाट प्रतिक्रिया आएको छैन ।