
रमाईलो पोखरामा रमाउर्दै राजपरिवारः देशमा गणतन्त्र आएपछि पहिलो पट्क पोखरामा नागरिकद्धारा राजाकै रुपमा विमानस्थलमा स्वागत पाएर पोखरा भ्रमण सुरु गुर्नु भएका पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा पारिवारिक खुसीयालीमा रमाईरहेका तस्वीरहरु बाहिर आएका छन । सपरिवार प्रसिद्ध रुपाकोट रिर्साटमा बसेका पूर्व राजपरिवारका बाहिरिएका तस्वीरहरु निकै रमाईला छन । खासगरी पुत्र पारससंगको पूर्वराजा ज्ञानेन्द्रको तस्वीर हेर्दा मात्रै राम्रो छैन, अर्थपूर्ण सन्देशयुक्त पनि देखिन्छ ।