
काठमाडौं । रिलायन्स इन्टरनेसनल एकेडेमीले फागुन १ ,२ र ३ गते विज्ञान प्रदर्शनी तथा साहित्य मेला गर्ने भएको छ ।
बुधबार पत्रकार सम्मेलन गरी एकेडमीे तीन दिने मेला आयोजना गर्न लागेको जानकारी दिएको हो । विद्यार्थीहरुमा विज्ञान र सूचना प्रविधीको खोज, अनुसन्धान र अवलोकन विधिलाई अवलम्बन गरी उनीहरुलाई निरन्तर रुपमा अभ्यस्त बनाउनु यसको उद्देश्य रहेको एकेडेमीले जनाएको छ ।
विज्ञान प्रदर्शनीले करिव ५ हजार विद्यार्थीहरु लाभान्वित हुने अपेक्षा एकेडेमीले राखेको छ । प्रदर्शनीमा ४९ प्रदर्शनी तथा स्टलहरु रहनेछन् । नाष्टका अध्यक्ष डा.रविन्द्रप्रसाद ढकालले प्रदर्शनीको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।