
विनय गौतम ।
काठमाण्डौं । केशरबहादुर विष्ट नेतृत्वको राष्ट्रिय शक्ति नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहले फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा दिएको सन्देशको स्वागत गरेको छ । राजसंस्था पुर्नस्थापाका लागि छिट्टै सडकमा जाने उद्घोष पनि गरेको छ ।
राष्ट्रिय शक्तिको शुक्रवार काठमाण्डौंमा भएको विशेष भेलाले राजाको आव्हान अनुसार देशमा राजसंस्थासहितको हिन्दु अधिराज्य पुर्नस्थापनाका लागि एकतावद्ध भई आन्दोलनमा उत्रन सम्वद्ध सबैलाई आव्हन गरिएको छ । शुक्रवारको भेलाको निष्कर्ष छ, श्री ५ महाराजाधिराज सरकारबाट २०८१ फागुन ७ गते देश बासिको नाममा बक्सेको सन्देश राष्ट्रिय शक्ति नेपाल हार्दिक स्वागत गर्दै मन, बचन र कर्मले प्रतिवद्ध छ।
भेलापछि राष्ट्रिय शक्ति नेपालले जारी गरेको विज्ञप्तीमा भनिएको छः आज मिति २०८१ फाल्गुन ९ गते राष्ट्रिय शक्ति नेपालको अध्यक्ष श्री केशर बहादुर बिष्टज्युको अगुवाईमा करिब २०० महानुभावहरुको उपस्थिति तथा पार्टी संघसंस्था अभियान तथा जनजागरण अभियान राजनीतिज्ञ बरिस्ठ अधिबक्ताज्युहरु गरेर ३० वटा र राष्ट्रिय शक्ति नेपाल लगायतले श्री ५ महाराजाधिराज सरकारबाट बक्सेको सन्देशलाई साथ र समर्थन गर्दै एकबद्धता जनाउदै हस्ताक्षर समेत गरेर अबको आउने दिनमा छिटै सडकमा जाने कुरामा छलफल गर्ने गरि आम सहमति गरियो !