+

सरोकार मञ्चद्धारा राजाको स्वागत गर्न अपिल

२४ फाल्गुन २०८१, शनिबार १५:३०

काठमाण्डौं । राष्ट्रिय सरोकार मन्च नेपालले राजाको आईतवार काठमाण्डौंमा हुने सवारीका लागि स्वागतमा आउन सबै देशवासीमा अपिल गरेको छ । मन्चले जारी गरेको विज्ञप्तीमा यो अपिल गरिएको छ । हेर्नुहोस, विज्ञप्ती जस्ताको त्यस्तैः

ॐ आदेश।
सम्पुर्ण राष्ट्रवादी शक्ति, धार्मिक संगठन, राष्ट्रिय सरोकार मञ्च नेपाल, राष्ट्रिय शक्ति नेपाल, राप्रपा, राप्रपा नेपाल, शिवसेना नेपाल, नेपालको लागि नेपाली तथा तमाम संघ संगठन, व्यक्ति विशेष, र अन्य पार्टीहरूले भोली मिति २०८१ साल फागुन २५ गते आईतवार को दिन श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारको फिर्ती सवारीको स्वागतार्थ उपस्थितिको लागि आव्हान गरेको छन्।

श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकार अमुक जिल्लाको भ्रमणमा मठ मन्दिर दर्शन र बिभीन्न कार्यक्रममा सरिक होईवक्सि पोखरा बाट हवाई मार्ग मार्फत दिनको ३।०० बजे फिर्ती सवारी हुने कार्यक्रम छ। प्रजातन्त्र दिवसको अवसरमा फाल्गुन ७ प्रजातन्त्र दिवसको शुभ उपलक्ष्यमा फागुन ६ गते साँझ बक्स भएको देशवासीको नाममा सम्बोधन लाई स्वागत गर्दै ूसत्यलाई साथू भन्ने मूल नारालाई मनन गरि सरकारको साथमा हामी भन्ने उद्घघोषका साथ हामी एअरपोर्ट मा जम्मा भई कर्तव्य निभाउने प्रणमा छौं।

उक्त कार्यक्रममा उपस्थित हुन राजसंस्था पुनर्स्थापना, मौलिकता, सार्वभौमिकता र संस्कृति जोगाउनुपर्छ भनेर लाग्नु भएका सम्पूर्ण सनातन तथा देशभक्त नागरिकहरु लाई राष्ट्रिय सरोकार मञ्च नेपाल हार्दिक आव्हान गर्न चाहन्छ। भोली सम्पुर्ण शक्ति तथा सरोकारको आव्हान लाई आँकलन गर्ने हो भने झण्डै तीस हजार जनता समावेश हुने आँकलन गरिएको थियो। तर बिभीन्न कित्तामा बसेर स्वतन्त्र बसेका होस् वा शासनमा बसेका पार्टीका भोटरहरू, तरकारी व्यबसायी, यातायात व्यबसायी, खुद्रा व्यापारी, व्याङ्कर, मुस्लिम समुदाय, बिध्यार्थी, पेशागत व्यक्ति, काठमाडौं बासी, किसान, मजदुर तथा अन्यमा यो व्यवस्था प्रति तिक्तता राखि रूष्ट भई आक्रोशित भएको पाईयो। बिभीन्न ठाउँमा मान्छे भेट्ने क्रममा भोलीको कार्यक्रम बारे भलाकुसारी गर्ने मौका पाईयो भने फोन मा पनि भोली को बारे नै सोधखोज गरेको पाईयो। नआउने भनेको कमै भेटियो। यो हिसाबले भोली अझै केहि मानिस थपिने र चालिस पचास हजार उपस्थित हुन्छ कि भन्ठानेको झन् बहिर जिल्लाबाट पनि त्यतिकै संख्यामा समर्थक थपिने जस्तो भई उत्साहित भएका छौं।

गृहको आँकडा पचास हजार सम्म मानिस उपस्थित हुन्छ भन्ने ब्रिफिङ रहेको पाइएकोले हामी अब भोली लाखौं जनता उपस्थित हुन्छ भन्ने टुङ्गो्मा पुगेका छौं। सबै भन्दा मिठास यो हुने छ कि भोलीका चेतनशील जनता मासु चिउरा, जाँड रक्सि र पैसाको लोभमा नभई राष्ट्र र राष्ट्रियता जगेर्ना तथा पहिचान, आस्था तथा धर्म संस्कृति रक्षाको लागि आफ्नो विबेक प्रयोग गरि उपस्थित हुन लागेको छ। भोलीको कार्यक्रम हाम्रो सुन्दर भबिष्यको शुरूवातको कडिको रूपमा रहेकोले हर्षविभोर भई नतमस्तक भएर बसेका छौं।

भोली सम्पुर्ण शक्तिको साथ श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारकोमा रहने छ भन्ने ग्यारेन्टी दिन चाहन्छौं। भोली श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारको एअरपोर्ट मा ल्याण्ड हुना साथ हामी स्वागतार्थ तयार भएर बस्नुपर्ने हुन्छ। ध्यान दिनुपर्ने महत्वपुर्ण कुरा के हो भने कृपया भोली एअरपोर्ट देखि निर्मल निवास सम्म सम्पुर्ण स्वागतार्थ सनातनी तथा राष्ट्रवादी जनतालाई लामबद्ध भई निर्मल निवास सम्म हिंड्न आग्रह गर्दछौं। कसैले पनि लाईन मिच्ने, हतार गर्ने र मोटरबाइकमा हुईँकिने दुस्साहस नगर्न फेरि पनि बिनम्र आग्रह गर्दछौं।

लाईन मिलाएर हिंड्ने व्यवस्था गर्नको लागि केहि साथीभाईलाई स्वयमसेवक गरिदिन हुन पनि आग्रह गर्दछौं। भोली एअरपोर्ट को गोल्डेन गेट भन्दा उता जान लाई रोक लगाईएको जानकारी पनि यहि पोष्ट मार्फत गर्दछौं। कृपया भोलीको दिन मोटर, मोटरसाइकल भन्दा हिंडेर आउन बिनम्र आग्रह गर्दछौं। राजा आयो दरवारमा१ दलालको घाँटी तरवारमा। राजा आयो दरवारमा१ भ्रष्ट को घाँटी तरवारमा।‌ ॐ जय श्री शिव गोरख। जय कर्मनिष्ठ। जय मुक्ति अभियान।
राष्ट्रिय सरोकार मञ्च
केन्द्रिय कार्यालय .