+

काठमाडौँ आइपुगे पूर्वराजा ज्ञानेन्द्र शाह, भव्य स्वागत

२५ फाल्गुन २०८१, आईतवार ११:०३
पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन् । पोखराबाट आइतबार दिउँसो उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । विमानस्थलबाट बाहिरिने क्रममा उनले विमानस्थलको मुख्यद्वारमा स्वागत गर्न जम्मा भएका समर्थकलाई अभिवादन गरे ।

पूर्वराजालाई स्वागत गर्न ठूलो संख्यमा उनका समर्थक विमानस्थलको मुख्यद्वारा अगाडि भेला भएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालगायतका नेता उनलाई स्वागत गरे ।

खासमा राजा फागुन २५ गते पोखराबाट काठमाण्डौं फर्किए । विमानस्थलबाट दरवार हैन, नीजि घर निर्मलनिवास गए । तर राजाको यो सवारी शाहसिक, रवाफपूर्ण र जनताको साथसहितको रहयो । राजाको स्वागतमा जनता ठूलो संख्यामा सडकमा उत्रिए । विमानस्थलदेखि निर्मलनिवाससम्मको सडकमा दायाँबायाँ लामवद्ध जनताले राजाको भव्य स्वागत गरे । जयजयकार गरे । राजा पनि शक्ति हुन भन्ने जनताको सन्देश संसारलाई सुनाए, देखाए । जनताको रोजाईमा राजा छन भन्ने पनि देखाए ।

राजाले फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा दिएको सन्देशलाई जनताले रुचाएको मात्रै हैन, सडकमा उत्रेर जनताले राजालाई साथ दिएको प्रमाणित भयो । जनताको ठूलो तप्का राजा चाहन्छन भन्ने सन्देश स्थपित गर्ने यात्रा देखियो राजाको पोखरा टु काठमाण्डौंको फिर्ती सवारी ।

माघ अन्तिम सातादेखि पोखरा र आसपासका जिल्लामा धार्मिक भ्रमणमा निस्केका राजाले जहाँ जहाँ पुगे, जनताको भव्य समर्थन र स्वागत पाए ।