+

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

५ चैत्र २०८१, बुधबार ०९:०८

काठमाडौं । सरकारले,आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको छ ।

चैत्र ४ गते बसेको मन्त्रिपरिषद्को बैठले नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापनतथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमआर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् ।