+

गिरिजाप्रसाद कोइरालाको १५ औं स्मृति दिवसमा चरिकोटमा निःशुल्क कोचिङ कक्षा उद्घाटन

११ चैत्र २०८१, मंगलवार ०३:०७

चरिकोट । पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १५ औं स्मृति दिवसका अवसरमा जीपी कोइराला फाउन्डेसन दोलखाले पूर्वकानुनमन्त्री भीमबहादुर तामाङ स्मृति +२ परीक्षा तयारी तेस्रो निःशुल्क कोचिङ कक्षाको उद्घाटन गरिएको छ ।

कार्यक्रमको जीपी कोइराला फाउन्डेसन दोलखा शाखाका अध्यक्ष तथा नेपाली कांग्रेस दोलखाका प्रवक्ता राकेश श्रेष्ठले सभापतित्व गरेका थिए । प्रमुख अतिथिको रूपमा नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा उपस्थित थिए ।

विशेष अतिथि दोलखा गुठीका अध्यक्ष एवं समाजसेवी विनोद मास्के रहेका थिए । अन्य अतिथिहरूमा नेपाल तरुण दलका केन्द्रीय सदस्य भीम खड्का, नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य राम्जी प्रसाद चौलागाईं, कालिन्चोक माविका प्राचार्य शम्भु गौतम, नेपाल विद्यार्थी संघ दोलखा (प्रदेश ख) का सभापति सन्देश कोइराला, शिक्षक संघका नेता निरज आचार्य तथा शिक्षक जय श्रेष्ठ सहभागी थिए ।

विशेष अतिथि विनोद मास्के ले कोचिङ कक्षामा अध्यापन गराउने शिक्षक तथा विद्यार्थीहरूको सम्मानका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा सभापति बर्मा लामाले विद्यार्थीहरूलाई अध्ययनमा लगनशील रहन आग्रह गर्दै आजको समयमा घरपरिवारले शिक्षा प्राप्त गर्न उपयुक्त वातावरण प्रदान गरिरहेका कारण विद्यार्थीहरूले आफ्नो भविष्यप्रति जिम्मेवार बन्न आवश्यक रहेको बताए ।

साथै, विदेश जाने विषयलाई नकारात्मक रूपमा नहेर्न आग्रह गर्दै, त्यहाँ सिकेका सीप, ज्ञान र कमाइलाई नेपालमै सदुपयोग गर्न सकिने कुरामा उनले जोड दिए । कार्यक्रममा निःशुल्क कोचिक कक्षा लिइरहेका २०० भन्दा बढी विद्यार्थीहरु सहभागी थिए ।