+

शिक्षकहरुलाई आन्दोलन अवधिभर एसइई लगायतका कुनै पनि परीक्षाका उत्तर पुस्तिका परीक्षण नगर्न महासंघको आग्रह

१२ चैत्र २०८१, बुधबार १६:४४

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले चैत २० गतेदेखि काठमाडौँमा हुन लागेको सडक आन्दोलनका लागि तयारी अवस्थामा बस्न शिक्षकहरुलाई सर्कुलर जारी गरेको छ ।

बुधबार सर्कुलर जारी गरी महासंघले शिक्षा मन्त्रालय लगायतका निकायले आयोजना गर्ने कार्यक्रमहरूमा सहभागी नहुन आग्रह गरेको हो ।

त्यस्तै महासंघले आन्दोलन अवधिभर एसइई लगायतका कुनै पनि परीक्षाका उत्तर पुस्तिका परीक्षण, सम्परीक्षण नगर्नु तथा नगराउन भनेको छ । त्यस्तै महासंघले हरेक जिल्लाले सबै शिक्षक–कर्मचारीबाट आन्दोलन परिचालन शुल्क १०० रुपैयाँ प्राप्त गरी त्यसबाट ५० रुपैयाँ केन्द्रमा पठाउन भनेको छ।