
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा शान्ति प्रक्रिया टुंग्याउने श्रेय आफूलाई नचाहिएको बताएका छन् ।
बिहीबार ‘नेपालको सङ्क्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरुको सत्य, न्याय र परिपूरणीय अधिकार सम्बन्धी’ राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री अोलीले शान्ति प्रक्रिया आफूले सुरू गरेको भएपनि त्यसको श्रेयको भोको आफू नरहेको बताएका हुन् ।
उनले आफ्नो उद्देश्य पीडितका घाउमा मल्हम लगाउने र उनीहरुको आँशु पुछ्ने मात्र रहेको बताए । उनले भने, ‘कसले श्रेय लिने हो भन्ने कुरा छाडौं । म यसलाई सफलमात्रै पार्न चाहन्छु । श्रेय जति मबाहेक सबैलाई दिन चाहन्छु । मलाई श्रेयको भोक छैन । पीडितका घाउमा मल्हम लगाउँ, उहाँहरुको आँशु पुछौं ।’
उनले ठूला तीन दल मिल्ने हो भने शान्ति प्रक्रियालाई टुङ्गो लगाउन सकिने बताए ।