+

प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित

१३ चैत्र २०८१, बिहीबार १०:४४

काठमाडौं । प्रतिनिधिसभाको बैठक सूचना टाँसे स्थगित गरिएको छ । बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी दिउँसो २ बजेसम्मका लागि स्थगित भएको थियो ।

तर नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्ती गर्नुको कारणबारे प्रधानमन्त्रीले संसद्लाई जवाफ दिनुपर्ने  प्रतिपक्षीले अडान नछाडेपछि दिउँसो २ बजे पनि बैठक नबसी भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ ।

प्रमुख प्रतिपक्षी दलहरूको निरन्तर अवरोधपछि संघीय संसद्का दुवै सदनको बैठक बस्न सकेको छैन ।