+

कंगोमा सशस्त्र समूहको आक्रमणमा परी घाइते भएका ६ जनाको नेपाली सेनाद्वारा उद्दार

१३ चैत्र २०८१, बिहीबार १३:४९

काठमाडौं । कंगोमा सशस्त्र समूहको आक्रमणमा परी घाइते भएका ६ जना स्थानीयलाई नेपाली सेनाको टोलीले उद्धार गरेको छ ।

संयुक्त राष्ट्र संघको शान्ति मिसनमा खटिएको चण्डीदल गणले उद्धार गरेर उनीहरूलाई गण हेडक्वार्टरमा रहेको लेभल १ अस्पतालमा पुरयाएको नेपाली सेनाले जनाएको छ ।

त्यहाँ प्राथमिक उपचार गरेर थप उपचारको लागि हेलिकप्टरमार्फत बुनियास्थित लेभल २ अस्पताल लगिएको नेपाली सेनाले जानकारी दिएको छ। लोधा आईडीपी क्याम्पमा बस्ने ६ जना स्थानीयमाथि त्यहाँको सशस्त्र समूहले आक्रमण गरेको थियो।