+

वीरगंजमा कर्फ्यु

२९ चैत्र २०८१, शनिबार १३:२१

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंजमा कर्फ्यु  आदेश जारी गरेको छ । शनिबार साँझ साढे ६ बजेदेखि वीरगंज महानगरपालिकाको वडा नम्बर १४, १५, १६ र २५ नम्बर वडामा कर्फ्यु  आदेश जारी गरेको हो ।

हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा विवाद दुई समुदायबीचको झडप उग्ररुप लिएपछि प्रशासनले कर्फ्यु  लगाएको हो ।