
वीरगंज । मङ्गलवार हनुमन जयन्तीको शोभा यात्राका दौरान छपकैयामा भएको झड्पमा धार्मिक सद्भाव बिथोलेको आरोपमा प्रहरीले चारजनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुईजना हिन्दु र दुईजना मुस्लिम पक्षका रहेका छन ।
प्रहरीले हिन्दुलाई पक्रेको बिरोधमा प्रहरी र प्रदर्शकारीबिच भएको झडपमा परि एभि न्यूजका सन्चारकर्मी अर्जुन गुप्ता घाइते भएका छन् । निजको टाउकोमा ढुङ्गा लागेर फुटेको छ ।
पक्राउ परेकाको रिहाईको माग गर्दै हिन्दु पक्षधरले शहरको घन्टाघर लगायत अन्य ठाउँमा टायर बाली बिरोध प्रदर्शन गरिरहेका छन ।