+

बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता

५ बैशाख २०८२, शुक्रबार १६:२३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल शिक्षक महासङ्घका पदाधिकारीले शिक्षक आन्दोलन र समस्या समाधानका विकल्पका विषयमा छलफल गरेका छन् ।

शुक्रबार राति महासंघका पदाधिकारीले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसँग छलफल गरेका छन् । विद्यालय शिक्षा विधेयक छिटो पारित हुनुपर्ने लगायत माग राखेर महासङ्घको आव्हानमा गत चैत २० गतेदेखि शिक्षकहरुले काठमाडौँकेन्द्रित आन्दोलन जारी राखेका छन् ।

मन्त्रिपरिषद्को वैशाख २ गतेको बैठकले संघीय संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्ने समेतका प्रयोजनका लागि संघीय संसदको अधिवेशन आह्वान गरी सरकारको तर्फबाट विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने र यसका लागि वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे संघीय संसद बैठकको आह्वान गर्ने निर्णय गरेको थियो ।

तर महासंघ आफूहरुको माग पूरा नहुन्जेल काठमाडौंबाट नफर्किने बताउँदै आएको छ ।