
काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले सम्पूर्ण स्वदेशी मजदुरहरु पूनः एकपटक राष्ट्रिय मुक्तिमार्फत एकजुट हुन अपिल गरेका छन् । उनले विगतमा झुठा आश्वासनमा फसाउने राज्यधारी सभ्रान्तहरुको विरुद्ध एकजुट भएर संघर्ष गर्नुपर्ने विन्दुमा अहिले आईपुगिएको बताउँद्यै यस्तो बताएका हुन् ।
अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले यस्तो बताएका हुन् । यस दिनले बहुलराष्ट्रवादको साझा लक्ष्य प्राप्त गर्नको लागि अझ बढी प्रेरणा मिलोस भन्ने शुभकामनासमेत दिएका छन् ।
उनले राणाकालदेखि पञ्चायतविरुद्धको पहिलो जनआन्दोलन, माओवादी जनयुद्ध, र दोस्रो जनआन्दोलनमार्फत लोकतान्त्रिक गणतन्त्रतात्मक व्यवस्था स्थापना गर्नमा श्रमिक वर्गाको सक्रिय भूमिका रहेको पनि स्मरण गराएका छन् । तर, जनयुद्ध र आन्दोलनहरुपश्चात् हरेक पटक श्रमिकहरु झुठा आश्वासनहरुमा ठगिएको उनको दाबी छ ।
यस्तो छ महतोको शुभकामना
