
जनकपुरधाम । जनता समाजवादी पार्टीनेपालकी केन्द्रीय सदस्य डा. बबी सिंह यादवले पड्काएको पेस्तोल सर्लाहीबाट बरामद भएको छ ।
भिडियोमा देखिएको पेस्तोल सर्लाहीको मलंगवा नगरपालिका–२ का अञ्जनी कुमारको घरबाट प्रहरीले पेस्तोल बरामद गरेको डीएसपी सरोज राईले जानकारी दिए ।
प्रहरीले ’कोमल सुप्रियाको वैशाख ११ गते भएको हल्दी कार्यक्रममा उक्त पेस्तोल पड्काएको खुलेको बताएको छ । यो पेस्तोललाई थप जाँचका लागि विधि विज्ञान प्रयोगशाला पठाउने डीएसपी राईले जानकारी दिए । एक समारोहमा नाच्दै पेस्तो पड्काएको भाइरल सामाजिक संजालमा भाइरल भएको छ ।
त्यसपछि सप्तरी प्रहरीले सिंहलाई बोलाएर सोधपुछ गरेको छ । सामाजिम संजालमा आलोचना भएपछि नेतृ सिंहले आफूले ‘रेन्जर टोय’ नामक खेलौना पड्काएको बताएकी छन् ।
उनले सामाजिक सजालमा भनेकी छन्, ‘भारतको सीमावर्ती सहर सीतामढीमा मेरो मामाकी छोरी (बहिनी) को वैवाहिक समारोहमा स्थानीय चलनअनुसार आफन्तको निजी निवासस्थित आँगनमा आफ्ना भाइबहिनीको आग्रहलाई स्वीकार गरी नृत्य गर्दा मैले ‘रेन्जर टोय’ नामक खेलौनाले गरेको फायरलाई अतिरञ्जित नबनाइदिनुहुन यहाँहरु सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछु ।’