+

प्रधानमन्त्रीसँग भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेको भेट

१९ बैशाख २०८२, शुक्रबार ००:३४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का विदेश प्रमुख विजय चौथाइवालेले भेटवार्ता गरेका छन् ।

बिहीबार प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा उनीहरुबीच दुई देशबीचको आपसी सम्बन्ध र हितका विविध विषयमा छलफल भएको थियो । त्यसअघि बिहीबार दिउँसो चौथाइवालेले माओवादी अध्यक्ष प्रचण्डसँग भेट गरेका थिए ।

त्यस्तै कांग्रेस महामन्त्री गगन थापासँग पनि भेट गरेका थिए । त्यस्तै चौथाइवालेले बुधबार कांग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गरेका थिए ।