
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले आतंकवादविरुद्ध भारतले गरेको सैन्य कारबाहीको समर्थन जनाएको छ । भारतीय सेनाले ‘अपरेशन सिन्दुर’ को नाममा पाकिस्तान शासित कश्मिरमा रहेको विभिन्न ९ वटा सेल्टरमा आक्रमण गरेको थियो ।
‘आतंकवादविरुद्ध गरिएका यस्ता कार्यवाहीको लोसपा नेपालले समर्थन गर्दछ । विश्वको जुनसुकै कुनामा हुने आतंकवादविरुद्धको कार्यवाहीप्रति लोसपा नेपाल एेक्यवद्धता जनाउँछ,’– लोसपाका महासचिव डा.सुरेन्द्र कुमार झाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
गत वैशाख ९ गते आतङ्ककारी हमलामा परी जम्मू कश्मिरको पहलगममा एक नेपालीसहित कम्तिमा २६ जनाको मृत्यु भएको थियो । नेपाली नागरिक मृतक सुदीप न्यौपानेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै लोसपाले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।