+

विद्युत प्राधिकरणद्वारा डेडिकेटेड र ट्रंक लाइन बक्यौताको पुनरावेदनका लागि आह्वान

२६ बैशाख २०८२, शुक्रबार १४:३८

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन बक्यौता सम्बन्धमा पुनरावेदनका लागि आह्वान गरेको छ ।

शुक्रबार सूचना जारी गरी प्राधिकरणले बिल रकमको ५ प्रतिशत बराबरको रकम नगद जम्मा गरी पुनरावेदनका लागि आह्वान गरेको हो ।

सूचनामा भनिएको छ, ‘नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड फिडर तथा ट्रक लाइनबाट २०७२ माघदेखि २०७५ वैशाखसम्म विद्युत उपभोग गरी विद्युत महसुल बक्यौता रहेका ग्राहकहरूले २०८२ ज्येष्ठ मसान्तभित्र नेपाल विद्युत प्राधिकरण विद्युत वितरण विनियमावली, २०७८ को विनियम ५५ को उपविनियम (२) बमोजिम बिल रकमको ५ प्रतिशत बराबरको रकम नगद वा सो बराबरको एक वर्षको म्याद रहने गरी जारी भएको ’क’ वर्गको बैंक ग्यारेन्टी धरौटी बापत जम्मा गरी ऐ. विनियमावलीको विनियम ५५ को उपविनियम (१) बमोजिम प्रशासकीय पुनरावेदनका लागि निवेदन दिनसक्ने म्याद कायम गरिएको व्यहोरा सञ्चालक समितिको मिति २०८२/०१/२१ को निर्णयानुसार सम्पूर्णमा जानकारी गराइन्छ ।’