+

एकैदिन ३७ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?

२९ बैशाख २०८२, सोमबार ०६:०३

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

आज सुन तोलामा ३ हजार ७ सय रुपैयाँले घटेर १ लाख ८६ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुन तोलाको १ लाख ९० हजार ५०० सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदी १९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।