
काबुल । पाकिस्तानमा बन्दी बनाइएका कुल तीन सय ३० अफगान कैदीलाई रिहा गरी स्वदेश फिर्ता गरिएको मङ्गलबार शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयको आधिकारिक तथ्याङ्कले देखाएको छ ।
बन्दीहरू दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा क्रसिङ प्वाइन्ट हुँदै गत हप्ता अफगानिस्तान फर्केको मन्त्रालयले बतायो ।
पाकिस्तानले गत वर्ष हजारौँ अफगान कैदीलाई रिहा गरी अफगानिस्तान फिर्ता पठाएको छ ।
करिब ७० लाख अफगान शरणार्थी हाल विदेशमा बसिरहेका छन् । तीमध्ये अधिकांश कागजातविहीन आप्रवासी छन् र अफगानिस्तानको छिमेकी इरान र पाकिस्तानमा बसिरहेका छन् ।