
काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकमा व्याप्त निराशालाई आशामा बदल्नका लागि कांग्रेस–एमालेसहितको गठबन्धनमा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाएको बताएका छन् । आज (मंगलबार) विराटनगरमा आयोजित सुरक्षा संयन्त्रको बैठकलाई सम्बोधन गर्दै उनले सरकार बनाउँदाखेरी राखिएका उद्देश्यअनुरुप नै अहिले काम भइरहेको बताएका हुन् । उनले आफूहरुको राजनीतिक घोषणा सरकारको स्थायित्व रहेको पनि बताए ।
वर्तमान सरकारले राजनीतिक स्थायित्वको सन्देश दिन सफल भएको उनको दाबी छ । ‘हामी सरकारको स्थिरतालाई निरन्तरता दिँदै आर्थिक प्रगतिमार्फत, सुशासनमार्फत हामी आशा जागृत गर्ने काम कुरा गर्छौं । अघि बढ्छौं । निराशामा बस्नुपर्ने कुनै कारण छैन,’– उनले भने ।
गृहमन्त्री लेखकले कांग्रेस–एमालेसहितको गठबन्धन सरकारमा कुनै खटपट नरहेको बताए । आफूहरुले कानुन र नीतिगत सुधारलाई प्राथमिकता दिएको उनले बताए । शिक्षा विधेयक, सशस्त्र प्रहरी विधेयक, नागरिकतासम्बन्धि विधेय अगाडि बढेको उनले बताए ।