काठमाण्डौं । विश्व हिनदु महासंघले आफ्ना अध्यक्ष अस्मिता भण्डारीलाई प्रहरीले बिना कारण नियन्त्रणमा लिई सोधपुछ गरेकोप्रति खेद व्यक्त गरेको छ । महासंघको सचिवालयद्धारा जारी विज्ञप्तीमा भनिएको छः
राजालाई हिन्दू धर्मका सम्पूर्ण ओमकार परिवारले आस्थाको अभिभावक मान्ने र हिन्दू सम्राटका रुपमा सम्बोधन गर्ने हाम्रो परम्परा अनुसार वैदिक सनातन हिन्दु धर्मको आस्थाका आधारमा ुश्री ५ महाराजाधिराज ुसम्बोधन गरी शुभ जन्मोत्सव मनाउन शुभेच्छुकहरूलाई सूचना प्रवाह गर्ने पवित्र उद्देश्यले गरिएको उक्त विज्ञाप्ति प्रति सामाजिक तथा धार्मिक सहिष्णुताको ख्याल समेत नगरी राज्यद्वारा हिन्दु धर्मावलम्बीहरूको आस्थामा चोट पुग्ने गरी गरिएको उक्त व्यवहारप्रति महासंघ खेद प्रकट गर्दछ। थप हेरौं विज्ञप्ती जस्ताको त्यस्तैः

मिति – २०८२/ ०३/३०
विज्ञप्ति
यही मिति २०८२ असार २३ गते सम्पन्न राजाको शुभ जन्मोत्सवका सम्बन्धमा विश्व हिन्दु महासंघका अध्यक्ष श्रीमती अस्मिता भण्डारीज्यूद्वारा मिति २०८२ असार २२ गते जारी विज्ञप्तिलाई लिएर मिति २०८२ असार २७ गते शुक्रबार सादा पोशाकमा आएका प्रहरीहरुले अपहरण शैलीमा अध्यक्ष ज्यूलाई नियन्त्रणमा लिई साँझ कागज गराई छोडिएको विषयमा विश्व हिन्दु महासंघको गम्भीर ध्यान आकर्षण भएको छ।
राजालाई हिन्दू धर्मका सम्पूर्ण ओमकार परिवारले आस्थाको अभिभावक मान्ने र हिन्दू सम्राटका रुपमा सम्बोधन गर्ने हाम्रो परम्परा अनुसार वैदिक सनातन हिन्दु धर्मको आस्थाका आधारमा ‘श्री ५ महाराजाधिराज ‘सम्बोधन गरी शुभ जन्मोत्सव मनाउन शुभेच्छुकहरूलाई सूचना प्रवाह गर्ने पवित्र उद्देश्यले गरिएको उक्त विज्ञाप्ति प्रति सामाजिक तथा धार्मिक सहिष्णुताको ख्याल समेत नगरी राज्यद्वारा हिन्दु धर्मावलम्बीहरूको आस्थामा चोट पुग्ने गरी गरिएको उक्त व्यवहारप्रति महासंघ खेद प्रकट गर्दछ।
आज मिति २०८२ असार ३० गते बसेको बैठकको निर्णय अनुसार आगामी दिनमा यस किसिमको व्यवहार हिन्दू ओमकार परिवारमा को आस्थाको छाता संस्था विश्व हिन्दु महासङ्घप्रति राज्यबाट हुने छैन। भन्ने अपेक्षा राख्दछौं।
विश्व हिन्दु महासंघको सचिवालय बासबारी