टिप्पणी । उज्यलो नेपाल ।
नेपाललाई राजासहितको हिन्दु अधिराज्य बनाउने प्रण गरेर राजावादी दल राप्रपाको अध्यक्षमा बाजी मारेका राजेन्द्र लिङ्देनले आफ्नो दल नेतृत्वको २०८२ जेठ १५ देखिको राजा फर्काउने आन्दोलनलाई गन्तव्यमा पुर्याउन त सकेन्न, सकेन्न, आफ्नै दललाई पनि एकढिक्का राख्न असफल हुदै गएका छन । अहिले महाधिवेशनको मुखमा अध्यक्ष राजेन्द्र लिङ्देनले विरोधी र आलोचकलाई छानीछानी महाधिवशेन पूर्व नै पार्टीबाट निष्कासन गर्ने श्रृखला चलाएका छन । राप्रपामा आफूलाई पुनः अध्यक्षको निर्विकल्प दाबेदार बनाउन उनले विरोधीहरुको सफायाको नयाँ कोतपर्व मच्चाईरहेका छन । राप्रपालाई सामुहिक नेतृत्व प्रणालीबाट संचालन नगरी अहिले राजेन्द्र लिङ्देनले आफूलाई राप्रपाको आफैं राजा संझन थालेका छन । उनका पछिल्ला एकलौटी गतिविधिहरुले त्यही प्रमाणित गर्दछ की, अध्यक्ष लिङ्देन राप्रपाका नयाँ तानाशाह हुन, राजा हुन ।
पार्टीको विधान र पद्धतिलाई आफू अनुकुल दुरुपयोग गर्दै राजेन्द्र लिङ्देन आफूसंग फरक मत राख्ने नेताहरुलाई धमाधम कारवाही वा निष्कासन गरिरहेका छन । उनको पहिलो कारवाहीमा उनलाई अध्यक्षमा काँध थापेर जिताउने महामन्त्री डा. धवल शम्शेर राणा पहिलो थिए । त्यो पनि उनी क्यान्सरसंग जुधिरहेका बेला, भारतमा उपचारार्थ रहँदा । महामन्त्री राणालाई उनले संगठन विभाग प्रमुखबाट हटाए, तर कहिल्यै फर्काएन्न । किन की उनी आफ्ना प्रतिद्धन्दीका रुपमा महामन्त्री राणालाई सुरुदेखि नै कमजोर पार्न चाहान्छन ?
लिङ्देनको कारवाहीमा ३ पट्क प्रवक्ता सगुन लावती परेका थिए । पछिल्लो समय पाका पुराना नेता नवराज सुवेदी परे । अनुशासन आयोगबाट नवराज सुवेदीलाई जालसाँजी गरेर षडयन्त्रपूर्वक हटाएका राजेन्द्र लिङ्देनले उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई त वर्खास्त नै गरे । कतिसम्म भने यसका विरुद्ध फरकमत राख्नेहरुले निर्वाचन आयोगमा गुहार माग्दै ज्ञापन पत्र दिनु पर्यो । केही प्रतिनिधि घटना प्रसंगहरु जसले राप्रपामा राजा राजेन्द्रको उदय हुँदा खाँटी राप्रपावालाहरु हेरेको हेरेई हुनु परेको तीतो यथार्थ झल्काउँछन ।
प्रसंग १.
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनका स्वकीय सचिव क्षत्र कडायतले पाल्पाका राजु गैरेमाथि हेल्मेट प्रहार गरे । गत निर्वाचनमा पाल्पामा प्रदेश सभातर्फ (क्षेत्र नम्बर–२ (ख) राप्रपाका उम्मेदवार बनेका गैरेले सामाजिक सञ्जालमा अध्यक्षविरुद्ध लेखेको भन्दै कडायतले हेल्मेटले हानेका हुन् । बुधबार केही साथीहरूसँगै विशालनगरमा चियागफ गरिरहेको बेला गैरै भएकै ठाउँमा पुगेर कडायतले हेल्मेटले हानेका हुन् । साथीहरूसँगै बसेको उनलाई केही पर छुट्टै लगेर कडायतले हेल्मेटले प्रहार गरेका हुन् । सामाजिक सञ्जालमा लेखेको भन्दै कडायतले हेल्मेटले प्रहार गरेको गैरेले बताए । गैरले प्रहरीमा उजुरी दिए पनि कारवाही अघि नबढाउन अहिले राप्रपा अध्यक्ष लिङ्देनले चर्को दबाब प्रहरी प्रसासनलाई अदृश्य रुपमा दिईरहेका छन ।
आफ्नै पार्टीका नेता गैरेमाथि आफ्ना पिएले दिनदहाडै पिटेको दृश्य अनदेखा गर्ने मात्रै हैन, प्रसासनिक कारवाही अघि बढाउन रोक्ने सोच, आँट र न्याय कसरी आएको होला राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई ? राप्रपामा नयाँ राणाशासनको पुनरोदय भएको संकेत हो र यो ?
प्रसंग २.
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को उपाध्यक्षबाट पदमुक्त मुकुन्दश्याम गिरीलाई अध्यक्ष लिङ्देनले एक विज्ञप्तीको भरमा निष्कासन गरेको घोषणा गरे । कारबाहीबाट हतोत्साही नभएको बताएका गिरीले पद थमौतीका लागि निर्वाचन आयेग गुहारेका छन् । गिरीले आफू राप्रपाको स्थापनाकालदेखि नै जोडिएको र पछिल्लो कारबाहीले हतोत्साही नभएको प्रतिक्रिया दिएका छन । तर उनलाई स्पष्टीकरण सोध्नेदेखि उनका फरक मतको सुनुवाई गर्नेसम्मको जाँगर र विवेक अध्यक्ष लिङ्देनसंग देखिएन । शालीन, भद्र भनिएका अध्यक्ष ्र लिङ्देनको यो क्षुद्रता र पूर्वाग्रहले भन्छ, राप्रपालाई उनी लिङ्देन प्रा.ली. बनाउन उद्धत छन । हैन भने, महाधिवशेनको मुखमा उनले किन गिरीलाई बलीको बोको बनाए ?
प्रसंग ३.
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य सीता बस्यालले पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरीन् । उनले शुक्रवार एक सार्वजनिक विज्ञप्तिमार्फत आफ्नो राजीनामाबारे जानकारी दिएकी हुन्। बस्यालले पार्टीको केन्द्रीय सदस्य तथा साधारण सदस्य दुवै पदबाट राजीनामा दिएको उल्लेख गर्दै आफूले अबदेखि पार्टीको औपचारिक जिम्मेवारीमा नरहने स्पष्ट पारेकी छन्। विज्ञप्तिमा उनले पार्टीमा रहँदा प्राप्त साथ, सहयोग र विश्वासप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पार्टीलाई सफलता र प्रगतिको शुभकामना पनि व्यक्त गरेकी छन्।
तर, अध्यक्ष लिङ्देनले एक महिला केन्द्रीय सदस्यले पार्टीको साधारण सदस्यता समेत त्याग गर्दा थाहै नपाए झैं गरे, गरिरहेका छन । जबकी राप्रपाभित्र नेतृ बस्याल केही अघिसम्म अध्यक्ष लिङ्देनकै कित्ताकी भनेर परिचित थिईन । पार्टीभित्रको लिङ्देनसत्ताको रापतापको आयतन कति विकृत हुदैछ भन्ने ठूलो संसार चियाउन यो सानो ऐना प्रसंग हुनसक्छ ।
प्रसंग ४.
करीब एक वर्ष अघि पार्टी महिला संगठनकी अध्यक्ष अञ्जना शाह रावलले एकाएक पार्टी, कमिटी सबै त्यागिन मात्रै हैन, राप्रपा नेपालमा पुगेर महामन्त्री बनिन । राप्रपामा महिला संगठनलाई देशव्यापी बनाउन, निर्वाचित नेतृत्वमा रुपान्तरीत र चलायमान बनाउन बिजुली गतिमा काम गर्दै गरेकी अध्यक्ष अञ्जनाले एकाएक पार्टी छोड्दा अध्यक्ष लिङ्देनले रहस्यमय मौनता देखाए । कुचोले बढार्नुपर्ने कसिंगर हावाले उडाईदिए झैं हाईसन्चो माने । जब की तत्कालिन महिला संगठनकी अध्यक्ष अञ्जनाको आकस्मिक पलायनपछि अहिले राप्रपामा महिला संगठन छ की छैन भनेर दिउँसै टर्च बालेर खोज्नु पर्ने स्थिति बनेको छ । तरै पनि राप्रपाका मुखिया लिङ्देनलाई यस्ता जुझारु नेतृको पलायनको कारक, कारण र समाधानमा ध्यान गएन । उनलाई शायद लाग्यो, अब राजा राजेन्द्रलाई राप्रपामा अरु कोही किन चाहिन्छ र ?
प्रसंग ५.
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र रवीन्द्र मिश्र नेतृत्वको वृहत्तर ध्रुवीकरण पक्षधरबीच एकता भएको ३ वर्ष पुग्नै लाग्दा निर्वाचन आयोगमा मिश्र पक्षका नेताहरुको अभिलेखीकरण नै नभएको खुलेको छ । एक रेडियो अन्र्तवार्तामा अध्यक्ष लिङ्देनले यो तथ्य स्वीकार गरे । यो स्तरको काईते राजनीति अरु कुनै हुन सक्ला र ? उनले विधानको वाध्यता, प्राविधिक समस्याले एकीकृतहरुको नाम आयोगमा अध्यावधिक नभएको फट्टी तर्क गरेका छन । यस्तो राजनीतिक बेईमानी किन गर्छन अध्यक्ष लिङ्देन ? आफूलाई राप्रपाको पर्याय संझेर हो की ? उनलाई यस्तो बेइमानी हर्कत गर्न के ले दिन्छ उर्जा ?
१२ असोज २०७९ मा राप्रपासँग एकता हुँदा मिश्र पक्षबाट ६ पदाधिकारी, ५ कार्यसम्पादन र २९ सदस्य गरी ४० जना केन्द्रीय समितिमा रहने सहमति भएको थियो । वृहत्तर ध्रुवीकरणबाट राप्रपा केन्द्रीय समितिमा रहेका ४० जनाको नाम हालसम्म निर्वाचन आयोगमा अद्यावधिक नगरेर उनले मिश्रहरुमाथि यस्तो धोखाघडी कुन आँटले गरेका हुन ? पार्टी केन्द्रीय समितिको बैठकले निर्णय गरी निर्वाचन आयोगमा अभिलेखीकरणका लागि आवश्यक निर्णय लिन कार्यसम्पादन समितिलाई अधिकार प्रत्यायोजन गरिएको थियो । तर अध्यक्ष लिङ्देनले त्यो सबै पर्दैन मा सीमित पारे, केपी ओलीले ईश्वरका नाममा सपथ लिन पर्दैन भने झैं । आखिर किन ?
क्रमशः………………
साथमा यो पनिः
राप्रपा अध्यक्षका निर्णयहरुबाट देशभरीका पार्टीका कार्यकर्ताहरु चिन्तित र सशंकित छन्
राजु गैरेमाथि आफ्नै पार्टीभित्र आक्रमण, राप्रपा नेतृत्वको मौनताले उठायो गम्भीर प्रश्न


