+

संयमता अपनाउन सेनाको अनुरोध

२४ भाद्र २०८२, मंगलवार १२:३१

काठमाडौं। नेपाली सेनाले देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्न अनुरोध गरेको छ।

मंगलबार विज्ञप्ति जारी गर्दै सेनाले नेपाल र नेपाली जनताको जिउज्यानको रक्षा गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै परिस्थिति थप जटिल हुन नदिन र संयमता अपनाउन अपिल गरेको छ।