+

हर्कले दुर्गा प्रसाईंलाई भने :रगत होइन पसिना मागेको छ माटोले, तपाईँ पनि ढुङ्गा बोक्न आउनु है!

२५ कार्तिक २०८२, सोमबार ०६:१९

काठमाडाैँ। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले दुर्गा प्रसाईंलाई ढुङ्गा बोक्न निम्तो दिएका छन्।

अब यो देशमा आन्दोलन नभइ श्रम संस्कृतिको खाँचो छ भन्दै मेयर हर्कले प्रसाईंलाई ढुङ्गा बोक्न निम्तो दिएका हुन्।

उनले माटोले रगत नभइ पसिना मागेको ताउँदै आफूले माटोसँग कुरा गर्ने गरेको भनाइ राखे।

‘दुर्गा प्रसाई‌ं जी… अब यो देशमा आन्दोलन होइन श्रम संस्कृतिको खाँचो छ! रगत होइन पसिना मागेको छ माटोले! म त घरघडी माटो सङ्ग बात मार्छु!’ उनले सामाजिक सञ्जलामा लेख्छन्, ‘तपाईं पनि ढुङ्गा बोक्न आउनु है! मिलेर देश बनाऔँ!’