+

महाधिवेशनमा सहभागी हुन एमालेको घरदैलो अभियान सुरु (तस्बिरहरू)

२५ मंसिर २०८२, बुधबार ०६:२३

काठमाडौं । नेकपा (एमाले)ले एघारौँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन घरदैलोमा पुगि निमन्त्रणा दिन कार्यको औपचारिक सुरुवात गरेको छ

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले यो अभियानको थालनी आज बिहान काठमाडौं२ अन्तर्गत वीरेन्द्र चोक, काँडाघारी क्षेत्रबाट सुरु गरेका हुन्

यो कार्यको संयोजन पोलिटब्युरो सदस्य तथा पूर्वसञ्चारमन्त्री पार्वत गुरुङले गरेका छन्

घरदैलो कार्यक्रममा पार्टीका केन्द्रीय नेताहरूका साथै वाग्मती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल लगायतका नेताहरू सहभागी थिए

एमालेको एघारौँ राष्ट्रिय महाधिवेशन मंसिर २७ बाट काठमाडौंमा सुरु हुँदै छ महाधिवेशनमा ३ लाख बढीको सहभागिता जुटाउने एमालेले तयारी गरेको छ