+

सुनको मूल्य निरन्तर उकालोतिर

२९ मंसिर २०८२, आईतवार ०६:१४

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामै २२ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य दुई लाख ५८ हजार ८०० रुपैयाँ पुगेको छ ।

शुक्रबार (मंसिर २६) दुई लाख ५६ हजार ६०० रुपैयाँ कायम थियो ।

त्यसैगरी, चाँदी तोलामा ८० रुपैयाँ घटेको छ ।

गत शुक्रबार तीन हजार ९०५ रुपैयाँ रहेको चाँदी आज तीन हजार ८२५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।