+

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

२४ पुष २०८२, बिहीबार ०८:१०

काठमाडाैं। माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा तरुल तथा कन्दमूल किन्ने उपभोक्ताको चहलपहल बढेको छ। पर्वलाई लक्षित गर्दै विभिन्न किसिमका तरुलहरू कालीमाटी तरकारी बजारमा किनबेच भइरहेका छन्।

हाल बजारमा पाँचऔँले, सिँगाने पिँडालु, दूधेपिँडालु, घरतरुल, वनतरुल, सिमलतरुल, पानीतरुल, हात्तीपाइले, पातले, आकासे तरुल, नेपाली तरुल र रातो तरुल लगायतका कन्दमूलको व्यापार बढेको छ। माघेसंक्रान्तिमा तरुल खाने परम्पराका कारण माग बढ्दा बजारमा व्यापार पनि उल्लेख्य रूपमा बढेको छ।