+

कांग्रेसको विशेष महाधिवेशनको पूर्वसन्ध्यामा भृकुटीमण्डपमा चहलपहल (तस्बिरहरू)

२६ पुष २०८२, शनिबार १२:४४

काठमाडौं । नेपाली कांग्रेसको भोलि आइतबारदेखि शुरु हुने विशेष महाधिवेशनको पूर्वसन्ध्यामा काठमाडौंको भृकुटीमण्डप क्षेत्रमा चहलपहल बढेको छ।

महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेसँगै प्रतिनिधि, नेता तथा कार्यकर्ताहरू भृकुटीमण्डपमा भेला भइरहेका छन् । कार्यक्रमस्थल सिंगार्ने काम, मञ्च व्यवस्थापन तथा सुरक्षा तयारी तीव्र रूपमा अघि बढाइएको छ।