+

राप्रपाको जलपानमा प्रधानमन्त्री, शुभेच्छुकहरूको भीड (तस्बिरहरू)

२७ पुष २०८२, आईतवार १२:४६

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पृथ्वी जयन्तीको अवसरमा भृकुटीमण्डपमा आयोजना गरेको जलपान समारोहमा प्रधानमन्त्री सुशीला कार्कीलगायत विभिन्न क्षेत्रका विशिष्ट एवम सर्वसाधारणहरू सहभागी भएका छन्।

आधुनिक नेपाल एकीकरणको नेतृत्वकर्ता महाराजाधिराज पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गर्दै हरेक वर्ष २७ पुसलाई पृथ्वीजयन्तीका रूपमा मनाउने गरिन्छ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्ष कमल थापालगायत थुप्रै नेताकार्यकर्ता सहभागी छन्।