+

वित्तीय क्षेत्रको सुरक्षाबारे गभर्नरले गरे आइजिपी र बैंकरहरुसँग छलफल

३ माघ २०८२, शुक्रबार १५:२४

काठमाडौं। राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्की र बैंकरसँग विशेष छलफल गरेका छन्।

बैंक तथा वित्तीय क्षेत्रमा सुरक्षा चुनौती बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले चासो देखाउँदै शुक्रवार गभर्नर पौडेल र आइजिपी कार्कीबीच छलफल भएको हो।

बैंक तथा वित्तीय संस्था र तिनका कर्मचारीहरूको सुरक्षा अवस्थाबारे छलफल भएको बताइएको छ।

छलफलमा बैंक तथा वित्तीय संस्थाहरूको भौतिक सम्पत्तिको सुरक्षा र त्यहाँ कार्यरत कर्मचारीहरूमाथि आइपर्ने सुरक्षा चुनौती र जोखिमको न्यूनीकरणबारे कुराकानी भएको छ।