No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सरकार र आन्दोलनरत शिक्षकबीच ६ बुँदे सहमति

0

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएको छ । शुक्रबार गृह मन्त्रालयमा भएको सरकार र नेपाल शिक्षक महासंघका प्रतिनिधिबीच सहमति भएसँगै आन्दोलन फिर्ता हुने भएको हो । शिक्षकको माग संसदबाटै पूरा गर्ने सरकारले प्रतिबद्धता जनाएपछि शिक्षकले पनि आन्दोलन फिर्ता गर्ने भएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

शिक्षा विधेयकमा १८ बुँदे असहमति राख्दै तीन दिनदेखि आन्दोलनमा सहभागी हुन काठमाडौंमा विभिन्न जिल्लाबाट शिक्षक/शिक्षिका आएका थिए । सङ्घीय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका कतिपय प्रावधानप्रति असन्तुष्टि जनाउँदै देशभरका शिक्षकले अनिश्चितकालिन आन्दोलन सुरू गरेका हुन् ।

प्रकाशित: ५ आश्विन २०८०, शुक्रबार १२:०६

Leave a Reply