काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा उपासना पौडेल नियुक्त भएकी छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत चन्द्रशेखरन् रामामूर्तिले राजीनामा दिएपछि पौडेल नियुक्त भएकी हुन् । आइतबारको बोर्ड बैठकले राजामूर्तिको राजीनामा स्वीकृत गर्दै पौडेलको बढुवा गरेको हो ।
यसअघि उनी कम्पनीको नायब कार्यकारी अधिकृतको पदमा थिइन् । कम्पनीले पौडेल सीइओ नियुक्त गरेको जानकारी गराउँदै स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरण पठाएको छ ।
हिमालयन रि आउनुअघि पौडेल युनाइटेड इन्स्योरेन्समा सीइओ थिइन्। त्यसअघि उनी सानिमा जनरल इन्स्योरेन्समा सहायक महाप्रबन्धकमा थिइन्। इन्स्योरेन्स क्षेत्रमा आउनुअघि उनले भारतीय टेलिकम कम्पनीमा पनि काम गरेकी थिइन्।