No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

दाङको लमहीमा बस दुर्घटना, १४ जना घाइते

0

दाङ । दाङमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । पोखराबाट सुर्खेत गइरहेको ग १ख ८४८५ नम्बरको बस सोमवार बिहान ५ बजे दुर्घटनामा परेको हो ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही–४ वनगाउँको बबइसोता पुलको साइडमा दुर्घटना परेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लले जानकारी दिएका छन् ।

बस अनियन्त्रित भइ सडकदेखि १० मिटर तल खसेको उनले बताए । घाइतेलाई उपचारका लागि लमही अस्पताल लगिएको छ । प्रहरीले बस चालक रामेछापको सुनपति गाउँपालिका–३ का रामकृष्ण खड्कालाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित: १५ आश्विन २०८०, सोमबार ०२:४२

Leave a Reply