No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

दाङमा डेङ्गु सङ्क्रमणबाट एकजनाको मृत्यु

0

दाङ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एक पुरुषको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको छ ।

रोल्पा माडी गाउँपालिका–२ घर्तीगाउँ का ५१ वर्षीय यज्ञबहादुर डाँगीको मृत्यु भएको प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईले जानकारी दिए । डाँगीलाई केही समयअघिदेखि स्वास्थ्यमा समस्या देखिए पनि प्रतिष्ठानमा भने आइतबार साँझ उपचारका लागि ल्याइएको थियो ।

उनकोे उपचारकै क्रममा आज बिहान मृत्यु भएको सूचना अधिकारी भट्टराईले भनाइ छ । डाँगीले श्री कृष्ण माध्यमिक विद्यालय घर्तीगाउँमा अध्यापन गराउँदै आएका थिए ।

प्रकाशित: १५ आश्विन २०८०, सोमबार ०५:४३

Leave a Reply