No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

क्रिकेटको क्वाटरफाइनलमा नेपालले भारतसँग खेल्ने

0

काठमाडौं । चीनमा जारी १९ औं एसियाली खेलकुदको पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपालले भारतसँग खेल्ने भएको छ ।
सोमबार भएको ड्र मा क्वार्टरफाइनलमा नेपाल र भारत परेका हुन् । क्वाटरफाइनलका अन्य खेलमा पाकिस्तान र हङकङ, श्रीलंका र अफगानिस्तान तथा बंगलादेश र मलेसियाबीच प्रतिस्पर्धा हुने भएको छ ।

अफगानिस्तान, नेपाल, हङकङ र मलेसिया समूह चरणबाट क्वाटरफाइनलमा पुगेका हुन् । अफगानिस्तान भने नखेली गएको हो भने भारत, श्रीलंका, बंगलादेश र श्रीलंकाले सोझै क्वाटरफाइलनमा स्थान पाएका थिए ।

नेपालले समूह चरणमा माल्दिभ्सलाई १३८ र मंगोलियालाई २७३ रनले हराएको थियो। नेपाल र भारतबीचको खेल मंगलबार हुनेछ । नेपाल र भारतबीचको खेल मंगलबार बिहान हुनेछ।

प्रकाशित: १५ आश्विन २०८०, सोमबार ०५:५९

Leave a Reply