No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

आममाफीबारे राष्ट्रपतिलाई रास्वपाले बुझायो ध्यानाकर्षणपत्र, व्यक्तिको स्वार्थ प्रेरित रिहाइलाई रोक्न सुझाव

0

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आममाफीका विषयमा राष्ट्रपति रामचन्द्र पौडेललाई तीन बुँदे ध्यानाकर्षण गराएको छ । पार्टी सभापति रवि लामिछानेसहितका नेताले सोमबार राष्ट्रपति पौडेललाई भेटेर आममाफीका विषयमा ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

पत्रमा सजाय माफीसम्बन्धी कानुन निर्माण गर्दा विधायकले राखेको मनसायलाई मनन गरी संवैधानिक तथा कानूनी व्यवस्थाको पालना गर्न/गराउन सरकारको ध्यानाकर्षण गराउन राष्ट्रपतिलाई आग्रह गरिएको छ ।

त्यस्तै, सजाय माफी, मुलतबी, परिवर्तन र कम गर्न कानूनले नै निषेध गरेका व्यक्तिको स्वार्थ प्रेरित रिहाइलाई रोकी राज्यमा कानुनी राज्य, शान्ति सुव्यवस्था र न्यायको प्रत्याभूति आम जनतामा अनुभूत गराउन आवश्यक कानूनी व्यवस्था स्थापना तथा परिमार्जनका लागि सरकारको ध्यानाकर्षण गराउन पनि भनिएको छ ।

त्यस्तै सरकारबाट भएका सिफारिस संविधानसम्मत भए÷नभएको सन्दर्भ यकिन गरी मात्र अनुमोदनका लागि पठाउन सरकारको ध्यानाकर्षण गराउन आग्रह गरिएको छ । जघन्य अपराधअन्तर्गत फौजदारी कसुरमा सजाय पाएका व्यक्तिलाई असोज ३ गते संविधान दिवसको दिन माफी दिइनु विधिको शासनको मर्मको बर्खिलाप रहेको व्यहोरा रास्वपाले राष्ट्रपति पौडेललाई बुझाएको पत्रमा उल्लेख छ ।

प्रकाशित: १५ आश्विन २०८०, सोमबार ०६:३४

Leave a Reply