No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

इजिप्टको प्रहरी मुख्यालयमा आगलागी, ३८ जना घाइते

0

इजिप्टको सुएज नहर शहर इस्मालियामा रहेको प्रहरी मुख्यालयमा सोमबार आगलागी हुँदा कम्तीमा ३८ जना घाइते भएका इजिप्टको सरकारी प्रसारण नाईल टिभीले बताएको छ ।

आगो निभाउन स्थानीय बासिन्दा, सुरक्षा सशस्त्र बललगायत खटिका थिए । आगलागीको कारण भने अझै पनि पुष्टि हुन सकेको छैन । यसैबीच घटनास्थलमा पुगेर ३० वटा एम्बुलेन्सले घाइतेहरूलाई नजिकैको सरकारी अस्पतालमा पुर्याएका छन् ।

चार तलासम्म फैलिएको आगोले प्रहरी परिसरको मुख्य पर्खाल पूर्णरूपमा ध्वस्त भएको छ । आगो नियन्त्रणमा नआएसम्म भवन पूर्णरूपमा खाली गर्न सबै कामदारलाई निर्देशन दिइएको छ ।

प्रकाशित: १५ आश्विन २०८०, सोमबार ०९:०७

Leave a Reply