No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रधानमन्त्री र सीपीसीका तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङबीच भेटवार्ता

0

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

बुधबार पाँच दिने नेपाल भ्रमणमा आएका वाङले बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन् । भेटमा दुई देशबीचको आपसी सम्बन्ध, सहकार्य र हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यस्तै भेटमा प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा तिब्बत क्षेत्रसँग सम्बन्धित विषयमा भएका सहमति कार्यान्वयनको अवस्थाबारे छलफल भएको बताइएको छ । नेपाल आएलगत्तै उनले बुधबार उपराष्ट्रपति रामयसहाय प्रसाद यादवसँग भेट गरेका थिए ।

प्रकाशित: २३ कार्तिक २०८०, बिहीबार ०५:१७

Leave a Reply