No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

शेयर बजारमा दोहोरो अंकको गिरावट

0

काठमाडौं । बिहीबार शेयर बजार नेप्से दोहोरो अङ्कले घटेको छ । बिहीबार नेप्से ११ दशमलव ८५ अङ्कले घटेर एक हजार आठ सय ५२ दशमलव शून्य आठ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर ओरालो लागेको छ ।

सबैभन्दा धेरै माउन्टेन इनर्जी नेपाल र नेपाल एसबीआई बैंकको शेयर साढे ६ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज सबैभन्दा धेरै सयपत्री हाइड्रोपावरको शेयर सात प्रतिशतले बढेको छ ।

आज २८ लाख ३३ हजार कित्ता शेयर ८३ करोड ६० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोनापुर मिनरल्स एण्ड आयल कम्पनीको सात करोड ७० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रकाशित: २३ कार्तिक २०८०, बिहीबार ०९:५२

Leave a Reply