No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

भारतले पठायो भूकम्प पीडितका लागि तेस्रो चरणको राहत सामग्री

0

नेपालगंज । जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि भारतले तेस्रो चरणको राहत सामग्री पठाएको छ । राहत सामग्री ल्याएको भारतीय जहाज बिहीबार नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको हो ।

जहाजमा स्लिपिङ ब्याग, ब्ल्यांकेट, टेन्ट, औषधिलगायतका सामग्री रहेका छन् । यसअघि भारत सरकारले भूकम्पपीडितका लागि १६ करोड बराबरका राहत सामग्री हस्तान्तरण गरिसकेको छ ।

भारतीय वायुसेनाको विशेष विमानले आइतबार ढुवानी गरेका ११ टनभन्दा बढी राहत सामग्री ल्याएको थियो । राहत सामग्रीमा त्रिपाल, टारपोलिन सिट, कम्बल र स्लिपिङ ब्याग, पोर्टेबल भेन्टिलेटरलगायत चिकित्सा उपकरण र अत्यावश्यक औषधि थिए । छिमेकीका नाताले नेपालमा भूकम्पबाट प्रभावित भएकालाई हरसम्भव सहयोग गर्न भारत प्रतिबद्ध रहेको जनाइएको छ ।

प्रकाशित: २३ कार्तिक २०८०, बिहीबार १५:१७

Leave a Reply