फ्रान्सले गाजाका लागि मानवीय सहायतासम्बन्धी एक सम्मेलनको आयोजना गरी मानवीय सहायताका लागि युद्धविराम’ को आह्वान गरेको छ ।
राष्ट्रपति इमानुएल म्याक्रोनले तत्कालका लागि युद्धविराम गरी नागरिकको सुरक्षाका लागि काम गर्न आग्रह गरेका हुन् । हमासको नियन्त्रणमा रहेको गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी इजरायलको सैन्य अभियानले १० हजार ८ सय भन्दा बढीको मृत्यु भएको र २७ हजारभन्दा बढी घाइते भएका जनाएको छ ।
गत अक्टोबर ७ मा गाजाबाट इजरायल प्रवेश गरेका हमास लडाकू समूहले एक हजार ४ सय भन्दाबढी व्यक्तिको हत्या गर्नुका साथै करिब २ सय ४० जनालाई बन्धक बनाएको इजरायली अधिकारीहरूले बताएका छन् ।
प्रतिक्रियामा हमासलाई नष्ट गर्ने प्रतिज्ञा गर्दै इजरायलले बमबारी आक्रमणको साथ जवाफी हमला गर्दै आएको छ ।दशौं हजार सर्वसाधारण गाजा पट्टीको दक्षिणतर्फ भागेका छन् ।